एमालेले २२ सांसदलाई स्पष्टीकरण पत्र पठायाे
एकता प्रक्रियामा भाँजाे हाल्ने प्रयासः नेपाल समूह
नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण पत्र पठाएकाे छ । अध्यक्ष केपी शर्मा ओलीकाे हस्ताक्षरमा स्पष्टीकरण पत्र पठाइएकाे हाे ।
५ साउनको मिति राखेर पठाइएको पत्रमा विपक्षी गठबन्धनमा लागेकाे, पार्टीकाे निर्णय विरूद्ध भेला गरेकाे लगायतका विषय उल्लेख छ ।
पार्टी निर्णय विपरीत विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण काम गरेको पत्रमा उल्लेख छ ।
राजधानीमा जारी एमाले अध्यक्ष ओली पक्षीय नेताहरु मात्र सहभागी केन्द्रीय कमिटी बैठकले २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
नेपाल पक्षकाे स्थायी कमिटीकाे भेलाले स्पष्टीकरण पत्र साेध्ने कार्यले पार्टीकाे पछिल्लाे समय भइरहेकाे एकता प्रक्रियालाइ भाँजाे हाल्ने प्रयास भएकाे निष्कर्ष निकालेकाे छ । अदालतले नै सांसदकाे अधिकार भनेर किटान गरेकाे बिषयमा स्पष्टीकरण साेध्नुकाे कुनै अर्थ नहुने समेत साे समूहकाे निष्कर्ष रहेकाे छ ।


