गण्डकीमा माओवादी केन्द्रबाट रामजी बराल अर्थ, चन्द्रबहादुर बुढा कृषि र दीपक चर्तीमगर बन तथा वातावरण मन्त्री बन्ने

गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रले गठबन्धन सरकारमा जाने  मन्त्रीको नाम टुंगो लगाएको छ । अर्थ मन्त्रालयमा रामजी बराल, कृषिमा चन्द्रबहादुर बुढा र वन तथा वातावरणमा दीपक चर्तीमगर  जाने गरी सहमति जुटेको सांसद दीपक काेइरालाले जानकारी दिनुभयाे ।

नेपाली कांग्रेस र माओवादी केन्द्रवीच बिहीबार मन्त्रालय भागवण्डामा सहमति जुटेकाे थियाे ।

यसअघि माओवादी केन्द्रबाट मधुमाया अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नुभएकाे छ । अर्थमन्त्री बन्न लाग्नुभएका कास्कीका बराल यसअघि पृथ्बीसुब्बा नेतृत्वकाे सरकार भएकाे बेला समेत मन्त्री पदकाे दावेदार भएपनि बन्न पाउनुभएकाे थिएन । मन्त्री बन्न लागेका चन्द्रबहादुर बागलुङ र दीपक चर्ती मगर स्याङ्जाका हुन् ।

नेपाली कांग्रेसले जनता समाजवादी पार्टीसँग २ मन्त्रालय दिने सहमति गरेपनि साे सहमति ताेड्ने संकेत गरेकाे छ । जसपाका हरिशरण आचार्य ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बन्नुभएकाे छ । जसपा सांसद धनमाया लामा समेत मन्त्रीकाे अांकाक्षी रहेपनि कांग्रेसले जसपालाइ एक मन्त्रालय मात्र दिने बताएकाे छ ।

सबै मन्त्रीको टुंगो लगाएर शुक्रबार १ बजे मन्त्रीहरुको शपथ ग्रहण गर्ने तयारी छ ।

Facebook Comments