जसपा आधिकारितासम्बन्धी विवादमा निर्णय हुँदै

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारितासम्बन्धी विवादमा सोमबार निर्णय सुनाउँदैछ ।

आयोगले गठन गरेकाे इजलाशले पार्टीमा देखिने विवाद समाधानका लागि अपनाइने विभिन्न प्रक्रिया पुरा गर्दै जसपाका ५१ जनै कार्यकारिणी समिति सदस्यलाई नागरिकतासहित सशरीर उपस्थित हुन भनेको छ ।

आयोगले उनीहरुको ‘हेड काउन्ट’ को आधारमा आधिकारिकताको निर्णय सुनाउनेछ । आधिकारिताको दावी गर्दै अध्यक्ष उपेन्द्र यादव पक्षले आयोगमा निवेदन दिएकाे छ भने महन्थ ठाकुर पक्षले पनि आफ्नो दाबेदारी प्रस्तुत गरेकाे थियाे ।

आयोगले आज बिहान ११ बजे कार्यकारिणी समितिका सबै सदस्यलाइ आयोगमा उपस्थित हुन भनेको छ ।

५१ सदस्यीय कार्यकारिणी समितिमा यादव समूह बलियो देखिन्छ । साे समूहका सदस्यहरू गाेदावरीमा हिजाेदेखि नै भेला भएका छन् ।

ठाकुर पक्षले आयोगले गर्न लागेकाे ‘हेड काउन्ट’ राेक्न माग गर्दै सर्वाेच्चमा रिट दायर गरेपनि साे अनुसारकाे फैसला नभएपछि ठाकुर पक्षले आधिकारिता पाउने संभावना न्यून बनेकाे छ ।

Facebook Comments