लुम्बिनी र गण्डकीका प्रदेश प्रमुख फेरिए
सरकारले लुम्बिनी र गण्डकी प्रदेशका प्रदेश प्रमुख फेरेको छ। मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले केपी शर्मा ओली नेतृत्वकाे सरकारले प्रदेश प्रमुख बनाएका गण्डकीकी सीता पौडेल र लुम्बिनीका धर्मनाथप्रसाद यादवलाई हटाएर नयाँ प्रदेश प्रमुख ताेकेकाे हाे ।
कांग्रेस चितवनका पूर्व सभापति पृथ्वीबहादुर गुरूङलाई गण्डकी र अमिक शेरचनलाई लुम्बिनीकाे प्रदेश प्रमुख बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयाे ।
प्रदेश प्रमुखकाे नियुक्ति मन्त्रिपरिषद्ले सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।
ओली सरकारले यसअघि शेरचनलाई गण्डकीकाे प्रदेश प्रमुखबाट हटाएकाे थियाे ।
Facebook Comments

