लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रीहरूद्वारा सपथका साथै पदभार ग्रहण

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ ग्रहणका साथै पदभार सम्हालेका छन् ।

विहीबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री कुलप्रसाद केसीलाई  संविधानको धारा १७२ अनुरूप सपथ ग्रहण गराउनुभयाे ।

ततपश्चात मुख्यमन्त्री केसीले मन्त्री र राज्यमन्त्रीहरूलाई पनि सपथ खुवाउनुभयाे ।

सपथ ग्रहण सम्पन्न भएपछि मुख्यमन्त्री तथा मन्त्रीहरूले सम्बन्धित मन्त्रालयमा पुगेर पदभार समेत ग्रहण गरेका छन् ।

मन्त्रिपरिषद्मा दाङ निर्वाचन क्षेत्र नं. ३ (क) बाट निर्वाचित डिल्ली चौधरी ग्रामीण तथा सहरी विकास मन्त्री, कृष्णध्वज खड्का आर्थिक मामिला तथा योजना मन्त्री, सहसराम यादव भौतिक पूर्वाधार विकास मन्त्री बन्नुभएकाे छ । रूपमा सहसराम यादवले सपथ लिएका छन्।

अजय शाही, सुमन शर्मा रायमाझी र पुर्मती ढेंगा विनाविभागीय मन्त्री रहेका छन्। यसअघि बिहीबार दिउँसो तीन बजे प्रदेश प्रमुख शेरचनले केसीलाई संविधानको धारा १६८(२) अनुसार ४ दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे थियाे ।

केसीले संविधानको धारा १६८ को २  अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। एमालेले भने सूर्य चिन्हबाट चुनाव जित्ने सांसद अाफ्नाे दलकाे भएकाले मन्त्री बनाएकाे भन्दै असन्तुष्टि जनाएकाे छ । साथै सरकारलाइ समर्थन गर्ने अजय शाही र विमला वलीलाइ कार्वाही गर्ने जनाएकाे छ ।

Facebook Comments