विद्युत् प्राधिकणमा कुलमानकाे नियुक्ति खारेजीकाे माग गर्दै शाक्य सर्वाेच्चमा

विद्युत् प्राधिकणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय खारेजीको माग गर्दै यसअघिका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएकाे छ ।

रिट निवेदनमा आफूले विद्युत् प्राधिकणको कार्यकारी निर्देशकबाट राजीनामा नदिएकाे, आफ्नाे सहमतिविना नै जल तथा ऊर्जा आयोगमा विज्ञ सदस्य नियुक्ति गरिएकाेले उक्त दुवै निर्णय खारेज गरी पुनः कार्यकारी निर्देशकमा नै वहाली हुन पाउँनुपर्ने जिकीर गरिएकाे छ ।

आफू बिदामा बसेको बेला कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई संविधान र कानुन विपरीत नियुक्त गरेकाले त्यससम्बन्धी सबै काम बदरको माग रिटमा उल्लेख छ ।

यसअघि सरकारले प्राधिकरणमा कार्यकारी निर्देशकले पाउने सेवा सुविधा सहित शाक्यलाइ रिट निवेदनमा आफूले विद्युत् प्राधिकणको कार्यकारी निर्देशकबाट राजीनामा नदिएकाे, आफ्नाे सहमतिविना नै जल तथा ऊर्जा आयोगमा विज्ञ सदस्य नियुक्ति गरेकाे थियाे ।

Facebook Comments