एमालेमा अर्काे विद्राेहकाे चेतावनी

यसअघि माधवकुमार नेपालसँग निकट रहेका तर, नयाँ पार्टी नेकपा एकीकृत समाजवादीमा नगएका नेताहरुले पुनः विद्राेहकाे चेतावनी दिएका छन् । हाल एमालेमै रहेका उनीहरूले विगतमा भएकाे १० बुँदे सहमति अक्षरश कार्यान्वयनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई अल्टिमेटम दिंदै नभए विद्राेहकाे चेतावनी दिएका हुन् ।

त्याे विद्रोह माधव नेपालले नयाँ पार्टी बनाउँदा भन्दा ठूलो हुने ती नेताहरुको दाबी छ ।

अध्यक्ष ओली र नेपाललाई दबाब लिँदै संयुक्त वक्तव्य जारी गरेका स्थायी कमिटीका ९ सदस्यले शुक्रबार केन्द्रीय सदस्य र सांसदहरुसँगकाे छलफलपछि यस्ताे चेतावनी दिएका हुन् । छलफलमा ५७ जना सहभागी भएकाे बताइएकाे छ ।

१० बुँदे सहमति अनुसार तत्काल २ जेठ २०७५ को स्थायी कमिटी बोलाउनुपर्ने उनीहरूकाे माग छ । स्थायी कमिटीले १० बुँदे अनुमोदन गरेपछि माओवादी केन्द्रबाट आएका र १० बुँदेमा अनुसार १० प्रतिशत केन्द्रीय सदस्यहरु थप गरेर केन्द्रीय कमिटीको बैठक बाेलाउन सकिने पनि उनीहरूकाे भनाइ छ । एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी गठनका लागि निर्वाचन आयाेगमा निदवेन दिनुभएकाे छ । सरकारले अध्यादेश ल्याएर नेपाललाइ सजिलाे बनाइदिएकाे थियाे ।

Facebook Comments