जसपाले सुदृढीकरण र जनजागरण (सुज) अभियान चलाउने

जनता समाजवादी पार्टीले देशव्यापी रूपमा पार्टीकाे पक्षमा माहाेल बनाउन सुदृढीकरण तथा जनजाग र ण अभियान सञ्चालन गर्ने भएकाे छ ।

अभियान अन्तगर्त पाेखरामा यही भदाै १५ गते केन्द्रकाे अभियान उद्घाटन गर्न लागिएकाे छ । उक्त कार्यक्रममा जसपा संघीय अध्यक्ष डा.बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा पुर्व मन्त्री माननिय राजेन्द्र प्रसाद श्रेष्ठ, माननीय राजकिशाेर यादव र पुर्व मन्त्री हिसिला यमिको बिशेष उपस्थिति रहने बताइएकाे छ ।

पार्टी विभाजनपछि समाजवादी पार्टीले पहिलाे पटक देशव्यापी अभियान सञ्चालन गर्न लागेकाे हाे । जसपा विभाजन भएर महन्थ ठाकूरकाे नेतृत्वमा अलग पार्टी गठन भएकाे छ ।

Facebook Comments