एमसीसी सैन्य रणनीति अन्तर्गत हाेइन, नेपालले अस्वीकार गर अनुदान अन्य मुलुकमा जाने
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतकाे सहयाेग अमेरिकी सैन्य रणनीति अन्तर्गत नभएकाे र स्वतः नेपालकाे संविधानभन्दा तल रहेकाे स्पष्टीकरण अमेरिकाकाे तर्फबाट दिइएकाे छ ।
नेपाल भ्रमणका रहनुभएकी एमसीसी की उपाध्यक्ष फतिमा सुमारले राजनीतिक दलका नेताहरुलाई भेटेर एमसीसी सैन्य रणनीति अन्तर्गत नभएको स्पष्ट पार्ने काेशिष गर्नुभएकाे छ ।
एमसीसीकाे विषय लामाे समयदेखि विवादित भएर नेपालमा संसदबाट अनुमाेदन हुन नसकेपछि उपाध्यक्ष सुमार नेतृत्वको टोली बिहीबार काठमाडौं आएको हाे ।
टोलीले बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई छुट्टाछुट्टै भेटेको थियो भने शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र उर्जामन्त्री पम्फा भुसाललाई भेट्ने का लगायतलाई भेटने कार्यक्रम छ ।
लामाे छलफल र तयारी गरेर नै एमसीसीमा नेपाल र अमेरिकाले हस्ताक्षर गरेकाे भन्दै सुमार नेतृत्वकाे टाेलीले नेपाली पक्षलाई अाश्वस्त बनाउने काेशिष गरिरहेकाे छ ।
एमसीसी उपाध्यक्ष सुमार नेतृत्वको टोलीले एमसीसी सम्झौताबारे दबाव नदिने, नेपालले स्वीकार नगरे अनुदान अर्को मुलुकमा जाने भने स्पष्ट पारेकाे छ ।
एमसीसीकाे बारेमा सत्ता गठबन्धनभित्रै विवाद छ भने यसअघि पारित गर्नुपर्ने बताएकाे नेकपा एमालेले पनि स्पष्ट धारणा बनाएकाे छैन । राजनीतिक रूपमा मात्र नभइ नागरिक स्तरमा समेत एमसीसी विरूद्ध विराेधका कार्यक्रम हुन थालेकाे छन् ।

