कांग्रेसमा महामन्त्रीका लागि युवा नेताहरू भिड्ने
नेपाली कांग्रेसकाे १४औं महाधिवेशनमा ३ जना युवा नेताहरूवीच प्रतिस्पर्धा हुने भएकाे छ । युवा नेता गगनकुमार थापा, हालका पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पाैडेलले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।
थापा र पाैडेलले यसअघि नै महामन्त्रीमा उम्मेदवारी दिने बताएका थिए भने शर्माले १०८औं बीपी स्मृति दिवसको अवसरमा बिहीबार सुन्दरीजलमा आयोजित कार्यक्रममा शर्माले १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएकाे हाे ।
साे अवसरमा प्रवक्ता शर्माले अब कांग्रेसले संघ, प्रदेश र स्थानीय तहका निर्वाचनमा पहिलाे पार्टी बनेर देशलाई विकासकाे बाटोमा हिँडाउनुपर्ने बताउनुभयाे ।
पार्टीले देश विकासका लागि अलिक लामाे र दीर्घकालीन साेच बनाउनुपर्ने प्रवक्ता शर्माकाे धारणा छ ।
Facebook Comments

