चालु आर्थिक वर्षका लागि प्रतिस्थापन बजेट सार्वजनिक

सरकारले चालु आर्थिक वर्ष ०७८/ ७९ का लागि प्रतिस्थापन बजेट ल्याएको छ। प्रतिपक्षी दल नेकपा एमालेका कडा विराेधकावीच अर्थमन्त्री जनार्दन शर्माले कुल १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट संसदमा पेश गर्नुभएकाे हाे ।

दीर्घराेगीले पाउँनेछन् मासिक ५ हजार उपचार खर्च

बजेटमा भएकाे ब्यवस्था अनुसार अबदेखि मिर्गौला प्रत्यारोपण गरेका, सबै किसिमका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचार खर्च वापत मासिक ५ हजारका दरले उपलव्ध हुनेछ। 

हिद परिवारलाई जीवनवृत्ति भत्ता

राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्ने परिवारको लागि जीवनवृत्ति वापत मासिक ३ हजार प्रदान गरिने भएकाे छ भने कोभिड १९ को प्रभावबाट रोजगारी र आयआर्जन गुमाएका अनौपचारिक एवम् असंगठित क्षेत्रमा रहेका अति विपन्न गरिब ५ लाख परिवारलाई राहतस्वरुप एक पटकका लागि प्रतिघर परिवार १० हजारका दरले अनुदान दिइनेछ ।

त्यस्ताे अनुदान निश्चित मापदण्डका आधारमा नगदै स्थानीय तहबाट आगामी असोज मसान्तभित्र हस्तान्तरण गरिसक्ने बजेटमा उल्लेख छ । 

मेलम्चीकाे पानी चैतमसान्तभित्र काठमाण्डाैमा

बाढीद्वारा क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना २०७८ चैत मसान्तभित्र आवश्यक मर्मत तथा पुनर्स्थापना गरी नियमित खानेपानी आपूर्ति हुने प्रवन्ध मिलाइनेछ ।

सरकारले लोक कल्याणकारी विज्ञापनको दायरा विस्तार गरी अनलाइन मिडियालाई पनि उपलव्ध गराउने भएकाे छ ।  कृषि तथा पशुजन्य व्यवसायमा रहेको जोखिम न्यूनीकरण गरी यस क्षेत्रमा किसानको आकर्षण  बढाउन कृषि बाली तथा पशु बीमाको दायरा विस्तार गरी दिइँदै आएको बीमा प्रिमियम अनुदान ५० प्रतिशतबाट बढाएर ८० प्रतिशत पुर्याउने भएकाे छ ।

यसले कृषकहरूलाई हाैसला थपिएकाे छ ।  यस्ता युवालाई सीप तथा उद्यमशील तालिममा प्राथमिकता दिई वाणिज्य बैंकका शाखामार्फत प्रत्येक पालिकामा कम्तीमा ५ सय बेरोजगार युवालाई यस्तो ऋण प्रदान गरी स्वरोजगार बनाउने व्यवस्था मिलाइने पनि बजेटमा उल्लेख छ ।

बजेटमा महिला र दलित वर्गलाइ समेटेर विशेष कार्यक्रम राखिएकाे छ ।

Facebook Comments