विप्लव नेतृत्वकाे नेकपाकाे केन्द्रीय कमिटी बैठक बस्दै
अर्धभूमिगत संरचनामा संगठन सञ्चालन गरिरहेकाे नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीकाे केन्द्रीय समितिकाे बैठक तनहुँकाे बन्दीपुरमा बस्दैछ ।
केपी शर्मा ओली नेतृत्वकाे सरकारसँग तीनबुँदे सहमति गर्दै सार्वजनिक भएको नेकपाले ६ महिनापछि अवकाे रणनीति तय गर्न बैठक बस्न लागेकाे हाे ।
सरकारसँगकाे वार्तामा साे पार्टीले जनमत संग्रहकाे एजेण्डा अगाडि सारेकाे थियाे । सरकारकाे नेतृत्व परिवर्तन भएसँगै तीनबुँदे सहमति कार्यान्वयनमा खासै प्रगति भएकाे छैन ।
सरकार परिवर्तन भएपछि विप्लव सहितका शीर्ष नेताहरूले सबै राजनीतिक दलका नेताहरुसँग भेट गरेपनि सहमति कार्यान्वयनमा प्रगति हुन नसकेकाे हाे ।
११औं केन्द्रीय कमिटी बैठक तनहुँको बन्दीपुरमा शुक्रबारदेखि बस्ने बैठकमा महासचिवकाे राजनीतिक प्रस्तावमा छलफल हुने बताइएकाे छ । एक हप्तासम्म चलने बैठकमा सरकारसँग भएको सम्झौता र त्यसको कार्यान्वयन तथा अहिलेको राजनीतिक परिस्थितिबारे पार्टीकाे रणनीति तय गर्ने साे पार्टीले जनाएकाे छ ।

