संसद बैठक बस्दै
संघीय संसद अन्तर्गतकाे प्रतिनिधि सभाको बैठक बस्दैछ । सोमबार बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ।
आजको बैठकबाट प्रतिस्थापन विधेयक पास गर्ने सम्भावना छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएको थियो। यसअघि प्रस्तिस्थापन विधेयक पास हुन नसक्दा सरकारी बजेट खर्च हुनबाट राेकिएकाे छ ।
विरलै हुने यस्ताे बजेट हाेलिडे नेपालमा सम्भवत पहिलाेपटक भएकाे मानिएकाे छ ।
प्रतिपक्षी दल एमाले राजनीतिक दलसम्बन्धि अध्यादेश र सभामुखले उक्त दलले कार्वाही गरेका सांसदलााइ कार्वाहीकाे सूचना टाँस नगरेकाे भन्दै रूष्ट बनेकाे छ । साेही कारण एमालेले प्रतिनिधिसभा तथा राष्ट्रियसभामा विराेध गरिरहेकाे छ ।
साेमाबार भने एमालेको अवरोधबीच नै प्रतिस्थापन विधेयक पास गर्ने तयारी रहेको स्रोतको भनाइ छ। कि त कार्वही गरिएकाे सूचना टाँस गर्नुपर्ने नभए सभामुखले राजीनामा दिनुपर्ने एमालेकाे माग छ । तर दुव माग पुरा हुने अवस्था भने छैन ।

