थप ९ सय ६८ जनामा काेराेना संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार ११ हजार ८ सय ५२ पीसीआर परीक्षण गर्दा ७ सय ६२ जना र ४ हजार ४ सय ६० एन्टिजेन परीक्षण गर्दा २ सय ६ गरी ९ हजार ९ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने १ हजार ११४ जना निको भएकाे उल्लेख गरेकाे छ ।
याेसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९८ हजार ७ सय ६६ पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १ सय ८० पुगेको छ । संक्रमितमध्ये ७ लाख ७१ हजार ३३८ जना संक्रमणमुक्त भएका छन् ।
Facebook Comments

