पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालनका लागि पहल हुन्छः प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधान गर्ने तथा शीघ्र सञ्चालनका लागि पहल गर्ने बताउनुभएकाे छ ।
अन्तर्राष्ट्रिय उडानका लागि अवरोधको रूपमा रहेको रिठ्ठेपानी डाँडा कटानका लागि संघ सरकारले सहजीकरण गर्ने र विमानस्थलको उत्तरपट्टीको बाढी तथा पूर्वपट्टीको कटान नियन्त्रणमा समेत बजेट छुट्याउने प्रधानमन्त्रीकाे भनाइ छ ।
पाेखरामा रहनुभएका प्रधानमन्त्री देउवाले साेमबार निर्माणाधिन विमानस्थलको अवलोकन गर्नुभएकाे थियाे । प्रधानमन्त्री देउवा हेलिकप्टरमा साेमबार नै काठमाण्डाै फर्कनुभएकाे छ ।
Facebook Comments

