गाडी दुर्घटनामा हुँदा घाइते भएकाहरूकाे निःशुल्क उपचार हुने

सरकारले सडक दुर्घटनामा परेर घाइते भएकाहरूकाे निःशुल्क उपचार गर्ने भएको छ । सार्वजनिक गाडीमा यात्राका क्रममा दुर्घटनामा परेर घाइते भएकाहरूकाे निःशुल्क उपचार गर्ने गृह मन्त्रालयले जनाएकाे छ।

बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर सडक दुर्घटनामा घाइते भएकाको निःशुल्क उपचार गर्ने जनाएको हो ।

पछिल्लो केही दिन यता मुगु, कास्की, सिन्धुपाल्चोक, स्याङ्जा लगायतका जिल्लामा भएका दुर्घटनाका ३ दर्जन बढीकाे मृत्यु भएकाे थियाे भने दर्जन बढी घाइते भएका छन् । गम्‍भीर घाइतेको विभिन्न ठाउँमा उपचार भइरहेको छ । सरकारले उनीहरुको निःशुल्क उपचार हुने जनाएको हो ।

त्यस्तै मन्त्रालयले दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको अन्त्यष्टि, किरियाखर्च उपलब्ध गराउने र मृत्तकका परिवारलाई उचित राहत दिने निर्णय भएकाे जनाएकाे छ ।  

Facebook Comments