एमालेले चाहेमा १ हप्तमा सरकार ढल्छः अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले चाहेमा १ हप्तामा नै सरकार ढल्ने बताउनुभएकाे छ ।
काठमाण्डाैंमा पार्टीकाे प्रदेश कमिटी बैठकलाइ सम्बाेधन गर्दै अध्यक्ष ओलीले आफ्नाे पार्टीले चाहने हो भने शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकार एक हप्तामै ढल्ने दाबी गर्नुभएकाे हाे ।
एमालेको वागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारमा लोभी पापीहरू रहेको उल्लेख गर्नुभयाे ।
अध्यक्ष ओलीले लोभीपापीहरू भएकाले पद दिएपछि सरकार ढाल्न सकिने बताउनुभयाे । साथै सरकार आलाेचना गर्न समेत लायक नभएकाे टिप्पणी गर्नुभयाे ।
Facebook Comments

