प्रधानन्याधीश राणा संकटमा, अदालतकाे गरिमामाथि नै गम्भीर प्रश्न

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा यतिबेला चरम संकटमा पर्नुभएकाे छ । पदीय आचरणा प्रतिकूल गतिविधिमा संलग्न भएकाे भन्दै सर्वाेच्चकै सहकर्मी न्याधीशहरूबाट राणाले बाेलाउनुभएकाे फूल काेर्ट बैठक तथा इजलाशकाे भद्र अवज्ञा भएपछि वहाँ चरम संकटमा पर्नुभएकाे हाे ।

त्यस्तै कानुन व्यवसायीहरुको छाता संस्था  नेपाल बार एशोसिएसनकाे सोमबार बसेको बारको आकस्मिक बैठकले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने भन्दै राजीनामा मागेकाे छ ।

न्यायपालिकामा देखिएका विकृति, विसंगति अन्त्य गर्न नसकेको भन्दै पूर्वन्यायाधीश समाजले प्रधानन्यायाधीशले निकास दिनुपर्ने नभए प्रतिनिधिसभाले आफ्नो संवैधानिक दायित्व पूरा गर्नुपर्ने बताएको थियो ।

त्यस्तै न्यायपालिका शुद्धिकरण अभियानमा रहेका वरिष्ठ कानुन व्यवसायीहरुले पनि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् ।

राणामाथि विभिन्न संवैधानिक नियुक्ति तथा मन्त्रीपरिषद्मा समेत भाग खाेज्ने गरेकाे आराेप लागेकाे छ । तर ती आराेपमा सत्यता नरहेकाे राणाकाे जिकीर छ ।

Facebook Comments