राजेन्द्र पाण्डे वाग्मती प्रदेशकाे मुख्यमन्त्री नियुक्त
नेकपा एकीकृत समाजवादीपार्टीका प्रदेश सांसद एवं दलका नेता राजेन्द्र पाण्डे वाग्मती प्रदेशकाे मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे छ ।
पाण्डेले बुधबार ५९ सांसदकाे हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्नुभएकाे थियाे ।
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराउनुभएकाे हाे ।
अल्पमतमा परेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार बसेकाे प्रदेशसभा बैठकमा नै राजीनामा दिनुभएकाे थियाे ।
शाक्यकाे राजीनमापछि वाग्मती प्रदेश प्रमुख कार्यालयले विहीबार ३ बजेसम्मका लागि मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्न समय दिएकाे थियाे । प्रस्ताव गर्ने भएकाे छ । ३ बजेपछि पाण्डेकाे नियुक्ति हुने निश्चित जस्तै छ । विहीबार नै सानाे मन्त्रीमण्डल गठन गर्ने तयारीमा गठबन्धनका नेताहरू लागेका छन् ।
एकीकृत समाजवादीका नेता पाण्डेलाई माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थन छ । शाक्य माधव नेपाल पक्षकाे साथ छाडेर एमालेमै रहेपछि एमालेले यसअघिका मुख्यमन्त्री डाेरमणि पाैडेललाई हटाएर शाक्यलाई मुख्यमन्त्री बनाइएकाे थियाे । शाक्य मुख्यमन्त्री बन्नेबेलामा नै अल्पमतमा पर्नुभएकाे थियाे ।

