एमालेकाे पाेखरा महानगर अध्यक्षमा दिलीप न्याैपाने सर्वसम्मत

नेकपा एमालेको पोखरा महानगरपालिका समितिको अध्यक्षमा युवा नेता दिलीप न्यौपाने सर्वसम्मत रूपमा चयन हुनुभएकाे छ । बुधबार मनोनयनपत्र दर्ता गराएका अन्य चार आकाङ्क्षीले बिहीबार आफ्नो उमेदवारी फिर्ता लिएका हुन् ।

पृथ्वीनारायण क्याम्पसबाट विद्यार्थी राजनिती हुँदै पार्टी राजनीतिमा प्रवेश गर्नुभएका न्याैपाने पूर्वमन्त्री खगराज अधिकारी निकट हुनुहुन्अछ ।

धिकारी स्वास्थ्यमन्त्री हुँदा न्यौपाने स्वकिय सचिवका बन्नुभएकाे थियाे ।

महानगरको नेतृत्वका लागि अध्यक्ष पदमा न्यौपानेसहित, दीपक पौडेल, धनबहादुर नेपाली, तेजनारायण अधिकारी र हरि त्रिपाठीले मनोनयन दर्ता गराए पनि नेताहरूले सहमतिमा नेतृत्व चयन गरेका हुन् ।

समितिको उपसभापतिमा मोहन गुरुङ र सचिवमा सचिवमा जीवन आचार्य चयन हुनुहुने भएकाे छ । अन्य पद तथा सदस्यमा पनि सर्वसम्मतिका लागि पहल भइरहेकाे बताइएकाे छ। पूर्वमन्त्री खगराज अधिकारी, जगत विश्वकर्मा, भीम कार्की, कृष्ण थापा र सीता गिरी ओली सहितकाे अध्यक्ष मण्डलले सर्वसम्मतिका लागि पहल गरिरहेकाे छ ।

Facebook Comments