मुस्ताङमा हिउ पहिरो, ९ जना घाइते
विश्वराज सुवेदी, मुस्ताङ
मुस्ताङकाे कोबाङ क्षेत्रमा ठुलो हिउ पहिरो गएको छ । आज आइतबार करिब ११ः३० बजे तिर मानापाथी हिमालबाट वोक्सीखोला एवं टुकुचे पिक क्षेत्रमा गएकाे हिउँ पहिराेपछि भागदाैडमा व्यक्तिहरु समेत घाइते भएको थासाङ गाउँपालिकाका उपाध्यक्ष वालकुमारी शेरचनले जानकारी दिनुभयाे ।
हिउपहिराेको कारण जनआर्दश अम्मरसिंह माविका केही शिक्षक तथा बिद्यार्थीहरु सामान्य घाइते भएका छन भने उनीहरु धुलाम्मे तथा केही हिलाम्मे समेत भएका थिए ।
हिउँपहिरो गएको करिब केही समय पश्चात गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले घटनाको बारेमा जानकारी लिनुभएकाे छ ।
हिउँ पहिरो पुनः जानसक्ने भन्दै मन्त्री बरालले स्थानियले सर्तक रहन आग्रह गर्नुभयाे । प्रारम्भिक तथ्याङक अनुसार हालसम्म करिब ६ जना सामान्य घाइते भएका छन् ।

उक्त घटना पश्चात नेपाल प्रहरी, नेपाली सेना घटना स्थल पुगेर घाइतेहरूकाे उद्दार गरेका छन्। टुकुचे हिमाल क्षेत्रबाट ठुलो मुस्लो सहित आएको हिउँको भागले उक्त क्षेत्रबाट करिब ५ किलोमिटर वरपर समेत धुलो उठेर धुलाको मुस्लो पुग्दा स्थानीय त्रसित भएको शिक्षिका मनदेवि गौचनले बताउनुभयाे ।
दीपेन्द्र लामिछाने लगायतका व्यक्ति ठुलो आवाज सहित आएको धुवाको मुस्लाको कारण अतालियर भागदाैड गर्दा सामान्य घाइते भएका छन्। अन्य घाइतेहरूमा अनु देसार, अनुसा क्षेत्री, संगम वरुवा, मिलन पुन, अमृता रोकाय मगर, सुजिना केसी, विरेन्द्र लामिछाने, अनुस्कार बिक, स्नेहा किसान, वरिसा बिक, सुसिला थापा सामान्य घाइते भएकाे प्रहरी निरिक्षक प्रताव पौडेलले जानकारी दिनुभयाे । घाइतेहरूकाे स्थानीय अस्पतालमा उपचार भएकाे छ ।

