महिला हिंसा न्यूनिकरण सम्बन्धि कानून बनाउँछौः मन्त्री थापा


गण्डकी प्रदेश सरकारका कानून, संचार तथाप्रदेश सभामामिलामन्त्रीविन्दु कुमार थापाले महिला हिंसा न्यूनिकरण सम्बन्धि कानून निर्माण बनाउनतर्फ आफु अग्रसर रहेको बताउनुभयो ।

सोमबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले आयोजना गरेको ‘व्यवसायमा महिला हिंसा सचेतना’विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले महिला हिंसा घटनाका विषयमा समाजमा उठेका विभिन्न विषयलाई आत्मसात् गर्दै कानूननिर्माण गर्ने प्रक्रियामा गण्डकी सरकार लागि परेको उल्लेख गर्नुभएको हो ।

हाँले शिक्षा नै महिला हिंसा न्यूनिकरणको आधार भएकोबताउनुभयो । ‘शिक्षा नै महिला हिंसा न्यूनिकरणको आधारस्तम्भहो । शिक्षित समाजमा हिंसात्मकगतिविधिपनिकमहुने गर्छन् । त्यसैले सबैमाशिक्षाको पहुँचहुनुपर्ने आवश्यकता छ । जसमाहामी प्रतिबद्ध छौं ।’, उहाँले भन्नुभयो ।
पछिल्लो समय महिलाहरु व्यवसायिक क्षेत्रमा समेत सक्रिय रुपमालाग्दा सामाजिकविकृतिविसंगति केहीहदसम्मभएपनि हराउँदै गएको मन्त्रीथापाको भनाई छ ।

‘महिलाहरु पनि सक्षम छन् भन्ने सन्देश समाजमाप्रवाहभइरहेको छ । समाजिक र राजनीतिक रुपान्तरणमा महिलाहरुको भूमिकाअब्बल साबित भएको छ । सरकारले महिलाहरुलाई सहजै व्यवसायगर्ने सजिलो होस् भन्दै सुलभ ब्याजदरमाविनाधितो कर्जा उपलब्ध गराउने कार्यले सकरात्मक सन्देश प्रवाह गरेको अवस्था छ ।’, उहाँले भन्नुभयो ।

महिला हिंसा हुँदालुकाउने प्रवृतिले समाजमाअपराधगर्नेहरु बढ्दै गएको र कामभन्दा कुरा बढी गर्ने समस्याबाट समाज ग्रसितभएको अभिव्यक्तिमन्त्रीथापाको थियो । यस्तो समस्यालाई समाधानगर्दै सभ्य समाजनिर्माणमा सबै लाग्नुपर्ने आवश्यकतालाई उहाँले औंल्याउनुभयो ।

गण्डकी प्रदेशकी सांसद मिना गुरुङले द्वन्द्वकालिन समयदेखि आजसम्म महिलाहरु अधिकारका लागि लडिरहेको बताउनुभयो । जबसम्म महिलाहरुको एउटै आवाज हुँदैन तबसम्म अधिकारबाट वञ्चित भइराख्नुपर्ने भनाई उहाँको थियो । गुरुङले देशमा महिला अधिकारका कानून निर्माण भएता पनि कार्यान्वयन पक्ष फितलो हुँदा समस्या देखिएको बताउनुभयो ।

पर्यटन व्यवसायी गणेश बहादुर भट्टराईले महिला हिंसा न्यूनिकरणका लागिशिक्षा महत्वपूर्ण भएको बताउनुभयो । शिक्षित समाजमा महिला हिंसाका गतिविधिशुन्य रहेको तर्क उहाँको थियो । भट्टराईले घरका अभिभावकले छोराछोरीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने आवश्यकतालाई औंल्याउनुभएको थियो । आफुले पर्यटन व्यवसायको ३० वर्षको अनुभवमा महिलाहरुको आकर्षण सोचेजस्तो नपाएको बताउँदै यसतर्फ ध्यानपुर्याउनआग्रहगर्नुभयो ।

टेवानकी संस्थापकअध्यक्षतथा सफल पर्यटन व्यवसायी लक्कीकार्की क्षेत्रीले परम्परा र संस्कृतिमाथि औंला नउठाई आइपर्ने अवरोध र बाधालाई उजागर गर्नुपर्ने आवश्यकता अहिलेको भएको बताउनुभयो ।

हिसांत्मक घटनाले सम्पत्तिको क्षतिहुनु, शारिरिक कमजोरी हुँदा उत्पादकत्व घट्नु, हिंसामा परेका महिलाहरुले लिएको मानसिक चिन्तनले काममा बाधा आउनु सबै व्यवसाय क्षेत्रमा देखिएका महिला हिंसाका उदाहरण भएको भनाई उहाँको थियो । पर्यटनको क्षेत्रमा महिलालाई प्रदर्शन गर्ने प्रवृति मौलाउँदा हिंसात्मक गतिविधिको न्यूनिकरणमा समस्या आइरहेको तर्क उहाँले गर्नुभयो । उहाँले महिलाहरुको मुद्धाहरुलाई सरकारले सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

पोखरा उद्योग बाणिज्य संघकी सदस्य शोभा गौतम र सफल महिला व्यवसायी विन्दु कोइराला सुवेदीलगायतले आफ्नो अनुभव सुनाएको कार्यक्रमको अध्यक्षता पर्यटन व्यवसायीमहिला संघ नेपाल (टेवान) कीअध्यक्ष रेनु थापाले गर्नुभएको थियो भने कार्यक्रमको संचालन शोभा न्यौपाने पाण्डेले गर्नुभएको थियो ।

Facebook Comments