बैदेशिक रोजगारीका समस्या समाधान हुन्छ – श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बैदेशिक रोजगारीमा देखिएका समस्याहरुको एकमुष्ट समाधानको प्रयास भइरहेको बताउनुभएको छ ।

नवलपुरको डण्डामा आज नेकपा(एकीकृत समाजवादी) को कार्यकर्ता भेलालाई सम्मोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले बैदेशिक रोजगारीमा देखिएका समस्या, नेपाली श्रमिकले भोग्नुपरेका कठिनाइ र त्यसलाई समाधानका लागि पहल गरिएको भन्दै केही समयभित्रै परिणाम देखिने बताउनुभयो ।

आन्तरिक तथा वैदेशिक रोजगारका समस्या र चुनौतीहरूको सम्बोधनका लागि मन्त्रालयले कार्यदल बनाएको चर्चा गर्नुहुँदै उहाँले विद्यमानसमस्याहरुको प्याकेजमै समाधान गरिने बताउनुभयो ।

आफु श्रम क्षेत्र सुधारका लागि केन्द्रित रहेको मन्त्री श्रेष्ठको भनाइ थियाे । आफ्नो कार्यकालमा श्रमिकको हितअनुकूल श्रम वातावरण, न्यायोचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रम अधिकार सुनिश्चित गरिने उहाँले बताउनुभयो ।

सीप विकाससँग सम्बन्धित तालिमहरू अव एकीकृत संरचनामार्फत संचालन गर्न तयारी सुरु गरिएको पनि उहाँले जानकारी दिनुभयो । साथै उहाँले गण्डकी प्रदेशको पुर्वाधार विकासका लागि विभिन्न निकायसँग समन्वय गरि आफुले काम गरिरहेको बताउनुभयो ।

Facebook Comments