लेखनाथ पत्रकारिता पुरस्कार बराललाई
लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कारबाट यस वर्ष समाधान राष्ट्रिय दैनिकका लेखनाथ सम्वाददाता भीमपाणि बराललाई सम्मान गरिने भएको छ ।
समाचार सम्प्रेषणका माध्यमबाट समग्र लेखनाथ क्षेत्रको उन्नयनमा योगदान पु¥याएका सञ्चारकर्मीबाट प्रत्येक वर्ष एक जनालाई ११ हजार १११ रुपैयाँ नगद र सम्मानपत्रबाट सम्मान गरिदै आएकोमा यस वर्ष बराललाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो ।
मञ्चका अध्यक्ष कविराज खनाल, सचिव विष्णुहरि पौडेल,लेखनाथ उद्योग वाण्ज्यि संघका अध्यक्ष छत्रधर आत्रेय, पोखरा महानगरपालिकाका प्रतिनिधि राममणि अधिकारी, पुर्व पुरस्कृत ब्यक्तिहरु मध्येबाट रामप्रसाद तिमिल्सेना रहेको छनौट समितिले यस वर्ष बराललाई उक्त पुरस्कारका लागि छनौट गरेको हो ।
वि सं २०३२ साल असारमा पिता लक्ष्मीभक्त बराल र माता अम्बिका वरालको कोखवाट छ दाजुभाईमा ठुलो कान्छाको रुपमा जन्मिएका बराल स्नातक तहसम्मको अध्यान पूरा गरी वि सं २०५५ सालमा पोखरा हटलाईन बाट पत्रकारिताा सुरु गरी आदर्श समाज दैनिक हुदै हाल समाधान राष्ट्रिय दैनिकको लेखनाथ सम्वाददाताको रुपमा कार्यरत हुनुहुन्छ ।

