कृष्णभीरमा बाटाे निर्माण कार्य तीव्र

रसुवा बाढीका कारण अवरुद्ध सडक छिटोभन्दा छिटो संचालनमा ल्याउनकाे लागि कृष्णभीरमा निर्माण कार्य भइरहेकाे छ ।

कृष्णभीरमा ग्रेड कटिङ गर्ने, स्लाेप मिलाउने तथा पहुँच सडक तयार गर्ने कार्य आज नवाैं दिनमा पनि जारी छ ।

१५ जना प्राविधिकको सुपरिवेक्षणमा कुल १० वटा मेशिन उपकरण परिचालन गरि दिनमा १४ घण्टा निरन्तर कार्य भैरहेको नागढुंगा मुग्लिङ सडक योजना (पश्चिम खण्ड)का ई. धिरज ढकालले जानकारी दिनुभएकाे छ ।

सवारी आवागमनलाई सहज ढंगले संचालन गर्नको लागि प्राविधिक दृष्टिकोणले उपयुक्त हुने गरी कार्य भैरहेको छ । त्यस पश्चात नाली निर्माण, ड्रेनेज, भिरालाे भागकाे सरक्षााको लागि कार्य भइरहेकाे छ ।

बाटाे निर्माण भएपछि राजधानीको आपूर्ति व्यवस्थालाई सन्तुलित एवं सहज राख्नका लागि विशेषगरी ग्याँस बुलेट, मालवाहक सवारी साधन, एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधनलाई सहज पहुँच पुग्नेछ ।

भाद्र महिनाको अन्त्यसम्म, आवागमनको व्यवस्था मिलाउने प्रयास जारी रहेकाे ढकालले जानकारी दिनुभएकाे छ ।

Facebook Comments