माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठलाई काेराेना संक्रमण

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेता नारायणकाजी श्रेष्ठ र केन्द्रीय सचिलायमा कार्यरत नेता कार्यकर्तालाई कोरोना संक्रमण भएको छ ।

अध्यक्ष प्रचण्डकाे स्वास्थ्यमा केही असहजता देखिएपछि शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार कोरोना संक्रमण भए पनि प्रचण्डकाे स्वास्थ्य अवस्था सामान्य रहेको छ । यसअघि काेराेना संक्रमणकाे जाेखिमका कारणा सचिवालयले अध्यक्ष प्रचण्डसँगकाे प्रत्यक्ष भेटघाटकाे कार्यक्रम राेकेकाे थियाे ।

सचिवालयका अनुसार आइसोलेसनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको छ । यो बीचमा सम्पर्कमा आएका व्यक्तिहरूलाई सतर्कता अपनाउन समेत अनुरोध सचिवालयले गरेको छ ।

माओवादीका नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । आफूलाई कोरोना संक्रमण भएकोले आइसोलेसनमा बसेको नेता श्रेष्ठले जानकारी दिनुभएकाे छ ।

यसअघि नेकपा (माओवादी केन्द्र)काे केन्द्रीय सचिवालयमा कार्यरत २ जना बाहेकलाइ काेराेना संक्रमण भएकाे थियाे ।

Facebook Comments