स्थानीय तहकाे आवश्यकतानुसार गठबन्धनः महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहकै आवश्यकताका आधारमा आसन्न स्थानीय तहकाे निर्वाचनमा गठबन्धन हुने बताउनुभएकाे छ ।

काभ्रेमा जिल्लास्तरीय नेता, कार्यकर्तासँगको भेटघाटमा थापाले स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकताका आधारमा गठबन्धन हुने बताउनुभएकाे हाे ।

केन्द्रीय रूपमा नभइ स्थानीय आवश्यकताका आधारमा फरक फरक दलसँग गठबन्धन हुन सक्ने महामन्त्री थापाकाे संकेत थियाे । केन्द्रबाट एउटै गठबन्धन बनाएमा स्थानीय निर्वाचनमा अपेक्षित उपलब्धि हाँसिल हुन नसक्ने उहाँकाे तर्क थियाे ।

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले फागुन १ गतेदेखि सञ्चालन गरिरहेको सङ्गठन विस्तार अभियानकाे महामन्त्री थापाले प्रंशसा गर्दै निर्वाचनमा जुट्न नेता कार्यकर्तालाइ आग्रह गर्नुभयाे ।

Facebook Comments