एमसीसीकाे विराेधमा नेपाल बन्द र प्रदर्शन

अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबुल हुन लागेकाे विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युुनिष्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायतले नेपाल बन्द आह्वान गरेका छन् ।

काठमाण्डाै लगायत देशका विभिन्न स्थानमा बन्दको सामान्य प्रभाव परेकाे छ ।

काठमाण्डाैमा सार्वजनिक सवारी साधनहरु केही कम चलेपनि अन्य सवारी साधनहरू भने बिहानैदेखि निर्वाध चलिरहेका छन् । काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको अघिल्ला दिनहरुको तुलनामा कम रहेकाे प्रहरीले जनाएकाे छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रका भातृ संगठन भने एमसीसीकाे विराेधमा उत्रने भएका छन् ।

आजको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल हुँदा विरोध जनाउने माओवादी केन्द्रले जनाएको छ ।

सबै जनवर्गीय संगठनहरुलाई एमसीसीको विरोधमा पार्टीले निर्देशन दिएकाे छ । जस अन्तर्गत वाइसीयल र अनेरास्ववियू(क्रान्तिकारी)ले नयाँबानेश्वरमा प्रदर्शन गर्दैछन् ।

Facebook Comments