माओवादी केन्द्र एमसीसीकाे विपक्षमा, सरकार छाड्न सक्ने
सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)काे विपक्षमा उभिने भएकाे छ । सरकारकाे नेतृत्वकर्ता दल नेपाली कांग्रेसले एमसीसी अनुमोदनका लागि प्रतिनिधिसभामा पेश गर्न जाेडबल गरिरहेका बेला सत्ता गठबन्धनकाे महत्वपूर्ण साझेदार पार्टीकाे संसदीय दलकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
संसदबाट जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरिने सम्मकाे निर्णय (माओवादी केन्द्र)ले गरेको छ।
साथै बैठकले संसद सूचारू नभएसम्म एमसीसी संसदमा लैजान नहुने र परिमार्जन विना पास गर्न नसकिने निष्कर्ष निकालेकाे छ ।
Facebook Comments

