सरकार बालुवामा गाडेकाे मुलाजस्ताेः अध्यक्ष ओली
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार बालुवामा गाडेकाे मुलाजस्ताे भएकाे टिप्पणी गर्नुभएकाे छ ।
नेपाल निजामती कर्मचारी संगठनको ११ औँ राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार बालुवामा गाडेकाे मुलाजस्तेा भएकाे टिप्पणी गर्नुभएकाे हाे ।
याे सरकार हटाउन केही गाह्राे नहुने यस्साे तान्दा बालुवामा गाडेकाे मुला फुत्त बाहिर आएजस्तै भन्दै सरकार कमजाेर रहेकाे टिप्पणी गर्नुभएकाे हाे ।
यसैवीच वीरगञ्ज नगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश गर्नुभएकाे छ । शनिबार वीरगञ्जमा आयोजित कार्यक्रममा सरावगीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउनुभएकाे हाे ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा सरावगी तत्कालिन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित हुनुभएकाे थियाे । स्थानीय निर्वाचन नजिकिदै गर्दा पुनः मेयरमा उठ्ने याेजनाका साथ सरावगी एमालेमा प्रवेश गर्नुभएकाे बताइन्छ ।

