डिजल, पेट्रोल र मट्टीतेलकाे मुल्य घट्याे

डिजल, पेट्रोल र मट्टीतेलको मूल्य घटेको छ । बिहीबार बसेको नेपाल आयल निगमकाे सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य लिटरमा १०-१० रुपैयाँले घटाउने निर्णय गरेको हाे ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनकाे मुल्य बढेपछि नेपालमा समेत इन्धनकाे मुल्य अत्याधिक बृद्धि भएकाे थियाे । जसका कारण सरकारकाे चर्काे विराेध हुने गरेकाे थियाे । अन्तर्राष्ट्रिय बजारमा मुल्य घटेकाे नभइ सरकारले इन्धन बिक्रीमा जाेड्ने पूर्वाधार कर घटाएर मुल्य समायाेजनकाे विकल्प राेजेकाे हाे ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १५३ रुपैयाँ पर्नेछ ।

अर्थ मन्त्रालयले पूर्वाधार कर घटाएर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएकाे थियाे । खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत छ ।

Facebook Comments