असार १५, धान दिवस मनाइँदै
आज असार १५ गते, राष्ट्रिय धान दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पाेखरामा त राेपाइँ महाेत्सव नै हुँदैछ । २०६१ सालमा सरकारले असार १५ लाइ धान दिवसका रूपमा मनाउने निर्णय गरेपछि २०६२ सालदेखि याे दिवस मनाउन लागिएकाे हाे ।
खास गरी असार महिना कृषकहरूका लागि ज्यादै महत्वपूर्ण महिना हाे । यस महिनामा कृषकहरू अत्यन्तै व्यस्त हुन्छन । असार १५ मा भने दही च्यूरा खाने प्रचलन छ । यस दिन नेपाली संस्कृतिमा दही च्युरा खाने दिनका रूपमा प्रचलित छ ।
खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीच्युरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउँछन्।
दही त प्राय सबै शुभकार्यका लागि प्रचलित छ । असारमा कृषक व्यस्तता लगायतका वर्षभरका लागि छाक जुटाउन यो महिना मानुर मुनी उब्जाउन मेहनत गर्ने महिनाकाे रूपमा खेतीमा व्यस्त हुन्छन्।
आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ। खेतमै गीत गाउने मनाेरन्जन गर्ने हिलाे खेल्ने प्रचलन पनि छ । असार १५ मा हिलाे खेल्नकै लागि पनि सहरी क्षेत्रमा कार्यक्रम गर्ने गरिन्छ ।

