पूजा आराधना गरी विश्वकर्मा दिवस मनाइँदै
आज पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । आश्विन सङ्क्रान्तिका दिन विश्वकर्मा भगवानका साथै आफूले प्रयाेग गर्ने सवारी साधन, विभिन्न औजारहरूकाे पूजा आराधना गरिन्छ ।
यसरी पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने धेरै समय टिक्ने धार्मिक विश्वास छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानकाे बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।
कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाउने प्नचलन छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी आइतबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास रहेकाे छ ।
एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको मानिन्छ ।
आज कालिगड तथा मजदुरहरुले भव्यरूपमा विश्वकर्मा बाबाको पूजा गर्ने मिष्ठान भाेजन गरी रमाइलाे समेत गर्दछन् ।
सवारी साधनहरूकाे समेत पूजा आराधना गर्ने चलन छ ।

