खुल्लामञ्चमै पार्किङ !

चाडबाडकाे समयमा ट्राफिक ब्यवस्थापनमा सहज बनाउन काठमाण्डाैकाे खुल्लामञ्चमा पार्किङकाे ब्यवस्था गरिने भएकाे छ ।

ट्राफिक प्रहरीले काठमाण्डाैकाे अत्यधिक भिड हुने न्युरोड क्षेत्रमा जाने सम्पूर्ण चारपाङ्ग्रे सवारी साधनलाई आजबाट खुलामञ्चमा पार्किङको व्यवस्था गर्न लागेकाे हाे ।

न्यूराेड क्षेत्रमा जाने यात्रुवाहक, मालवाहक तथा निजी चारपाङ्ग्रे सवारी साधनहरू असोज ८ गते देखि फुलपातीसम्म खुल्ला मञ्चमा पार्किङ गर्नुपर्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ ।

काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सवारी पार्किङबारे जानकारी दिएकाे हाे । कार्यालयका अनुसार बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नभएसम्म ट्राफिक आईसलेण्ड राखिएको स्थानबाट डाईभर्शन गरि खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ। 

काठमाण्डाैकाे विभिन्न क्षेत्रमा व्यवसायिक तथा सरकारी कामका लागि जाने सवारी साधनले पार्किङका लागि समस्या झेल्ने गरेका छन् ।

Facebook Comments