जसपाका ४ मन्त्री बर्खास्त
प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका मन्त्रीहरूलाई बर्खास्त गर्नुभएकाे छ ।
सत्ता गठबन्धन छोडेर एमालेसँग चुनावी तालमेल गरेपछि जसपाबाट सरकारमा सहभागी चार जना मन्त्री बर्खास्तीमा परेका हुन् ।
जसपाबाट राजेन्द्र श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपंक्षी विकास, मोहम्मद इश्तियाक राई भौतिक पूर्वाधार तथा यातायात र प्रदीप यादव वन तथा वातावरण मन्त्री थिए।
राष्ट्रपति विद्यादेवी भण्डारी बर्खास्त भएका सबै मन्त्रीहरूले सम्हालेका मन्त्रालय प्रधानमन्त्री देउवाले नै सम्हाल्ने गरी कार्यभार तोक्नुभएकाे छ।

Facebook Comments

