गण्डकी प्रदेशमा प्रत्यक्षमा २२ सिट जित्ने एमाले नेता अधिकारीकाे दावी
कास्की क्षेत्र नम्वर १ प्रदेश सभा १ का नेकपा एमालेका प्रदेश सभा उम्मेदवार खगराज अधिकारीले गण्डकी प्रदेशमा प्रत्यक्षमै २२ सिट जित्ने र एमालेको बहुमतकाे सरकार बन्ने दाबी गर्नुभएकाे छ ।
पोखरा ३० मा मतदाता भेटघाट कार्यक्रममा बोल्दै नेता अधिकारीले प्रत्यक्षमा २२ सिट र समानुपातिकमा १० सिट जितेर सरकार बनाउने दाबी गर्नुभयाे । उहाँले जनताको पक्षमा निरन्तर बोल्दै र काम गर्दै आएकै कारण एमालेलाई जनताले जिताउने विश्वास व्यक्त गर्नुभयाे ।
पछिल्लो समय जनताका दैनिक गुजारा गर्न आवश्यक खाद्य सामाग्रीमा बढेको मुल्यवृद्वीलाई बेवास्ता गर्दै राजनीति भागबण्डा र फण्डामा केन्द्रित बन्नुले जनताका समस्याप्रति गठबन्धन कति संवेदनशिल छ भन्ने प्रष्ट भईसकेको उहाँको भनाई थियो ।
प्रतिनिधिसभाबाट प्रदेश सभामा पाटीको निर्णय र फैसला अनुसार आफू प्रदेशसभामा उम्मेदवार बनेको भन्दै उहाँले आफु प्रदेशमा नयाँ अनुहार भएको बताउनुभयाे ।
‘प्रतिनिधिसभामा होइन प्रदेशसभामा म उम्मेदवार बनेको छु, र म प्रदेशका लागि नयाँ अनुहार हुँ’,उहाँले भन्नुभयाे । जनतासँग अझै नजिक रहेर काम गर्ने अवसर मिलेको भन्दै अपुरा विकासका काममा जनताकै सल्लाह र समन्वयमा अगाडी बढ्ने उनले बताउनुभयाे ।

