धरानमा पानीका लागि एमाले सरकार चाहिन्छः एमाले अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरानवासीकाे खानेपानीकाे समस्या समाधानका लागि स्थानीय सरकारले नसक्ने बताउनुभएकाे छ ।
साथै उहाँले धरानकाे खानेपानी समस्या समाधानका लागि कोशीको पानी पम्पिङ गरेर धरान ल्याउने बताउनुभएकाे छ।
आज धरानमा आयोजित चुनावी सभामा बोल्दै ओलीले भन्नुभयाे, ‘यहाँका मेयरलाई खानेपानी ले, खानेपानी ले भनेर कतिवटा घैला बोकुन विचरा?। कसको घरमा खानेपानी पुर्याउने?’
ओलीले धरानमा खानेपानी ल्याउन राष्ट्रिय बजेट र नेकपा एमालेको सरकारले मात्र सक्ने जिकीर गर्नुभयाे । धरानका मेयर हर्क साम्पाङले खानेपानीकाे एजेण्डा प्राथमिकतामा राख्नुभएकाे छ ।
Facebook Comments

