मंसिर २ देखि ५ सम्म सार्वजनिक विदा
सरकारले मतदान स्थल रहेका विद्यालयहरूमा मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै मतदान स्थल रहेका विद्यालयहरू चार दिन बिदा दिने जनाएकाे छ । मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा मतदान हुने स्थानका विद्यालय तथा सार्वजनिक तथा सरकारी कार्यालयहरूमा मंसिर २ देखि ५ सम्म र सार्वजनिक तथा सरकारी कार्यालयहरूमा मंसिर ४ र ५ गते बिदा दिने जनाएकाे छ ।
मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव हुँदैछ।

Facebook Comments

