गण्डकी प्रदेश सरकारले पायाे पूर्णता

गण्डकी प्रदेश सरकारले पूर्णता पाएकाे छ । मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन टुंग्याएर मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे छ । गण्डकीमा यसअघि रहेका ११ मन्त्रालय घटाएर ७ वटा बनाइएकाे छ ।

मुख्यमन्त्री अधिकारीले एमालेका एमालेकी सीता सुन्दासलाई आर्थिक मामिला मन्त्रालय, एमालेकै रोशन गाहा मगरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मा दिनुभएकाे छ ।

यसअझि सुन्दाशले आन्तरिक मामिला र गाहामगरले आर्थिक मामिला मन्त्रालय लिने बताइए पनि मन्त्रीहरूकाे सपथ लिनेबेलामा मन्त्रालय साटफेर गरिएकाे हाे ।

त्यस्तै नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री, माओवादीकै रेशम जुग्जाली उद्योग,पर्यटन, वन तथा वतावरण मन्त्री, राप्रपाका पञ्चराम तमु सामाजिक विकास तथा स्वास्थ्यमन्त्री र एमालेका वेदबहादुर गुरुङ कृषि तथा जलस्रोत मन्त्रालयकाे जिम्मेवारी पाएका छन् ।

Facebook Comments