आत्मदाहपछि दिवगंत प्रेमप्रसाद आचार्यले उठाएका विषयमा सरकारले छानबिन गर्ने
मंगलबार आफैंमाथि आगो लगाएका कारण दिवगंत इलामका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जाल मार्फत् उठाएका विषयमाथि सरकारले छानबिन गर्ने भएकाे छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आत्मदाह गर्नु अगाडि आचार्यले उठाएका विषयबारे छानबिन गर्न तथा निजकाे परिवारलाई राहत दिने सम्बन्धि कार्यका लागि गृहमन्त्रालयलाई जिम्मेवारी दिएकाे छ ।
आचार्यले मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएपछि प्रहरीले उद्दार गरी किर्तिपुर पठाएपनि उपचारकाे क्रममा वुधबार विहान निधन भएकाे थियाे ।
गृहमन्त्रालयले याे प्रकरणमा अनुसन्धान गरी प्रतिवेदन पेश गर्नेछ ।
Facebook Comments

