खर्च घटाउन गण्डकीका मुख्यमन्त्री अधिकारीकाे निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्रीले खगराज अधिकारीले अनावश्यक खर्च घटाउन मातहत निकायलाई निर्देशन दिनुभएकाे छ ।

मुख्यमन्त्री अधिकारीले मन्त्री तथा सचिवहरू र मन्त्रीहरुमाझ प्रस्तुत भएको मन्त्रालयगत ब्रिफिङमा यस्ताे निर्देशन दिनुभएकाे हाे ।

मुख्यमन्त्री अधिकारीले प्रदेशमा सुशासन कायम गर्न भाषण र नारा मात्र सीमित नगरी परिणाम देखिने गरी काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिनुभएकाे हाे ।

पूँजिगत खर्च बढाउन, चालु खर्च घटाउन, अनावश्यक चालु खर्च घटाई पूँजीगत बजेट र खर्चको बढोत्तरीमा लाग्न समेत मुख्यमन्त्रीले निर्देशन गरेका छन् ।

त्यसैगरि आर्थिक ऐन, नियम तथा कार्यविधिहरुको पूर्ण पालना गरी पुराना बेरुजुहरु फछ्यौट गर्न एवम् नयाँ बेरुजु हुन नदिने तर्फ विशेष पहल गर्न पनि अधिकारीकाे मन्त्री तथा सचिवहरुलाई आग्रह थियाे ।

मुख्यमन्त्री अधिकारीले विकास आयोजनाहरुलाई गरिबी हटाउँदै समृद्धिको आधारको रुपमा सञ्चालन गर्न आयोजनाको प्राथमिकीकरण गरी तहगत सरकारका आयोजना र कार्यक्रमसँग दोहोरोपना नुहने गरी मात्र कार्य अगाडी बढाउन सबै मन्त्रालयलाई निर्देशन दिनुभएकाे थियाे ।

Facebook Comments