लायन्स क्लब स्माट टाउन र अनेरास्ववियुको संयुक्त रक्तदान

लायन्स क्लब अफ पोखरा स्माट टाउन र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन डब्लुआरसिको संयुक्त आयोजनामा भएको रक्तदानमा ६० युनिट रगत संकलन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष डण्डराज शर्माले रगतको विकल्प अर्को नभएको रक्तदान सवै भन्दा महत्वपूर्ण दान रहेको बताउनु भयो ।

लायन्स क्लब र विद्यार्थीहरुको संयुक्त आयोजनामा भएको यस्तो पुन्यकार्यले समाजमा सकारात्क शन्देस जाने जनाउनुभयो । लायन्स क्लब अफ पोखरा स्माट टाउनका अध्यक्ष लक्ष्मी पौडेल अधिकारीले रक्तदान जीवन दान भएकोले आफुहरुको क्लबले स्ववियु संगको सहकार्यमा रक्तदान आयोजना गरेको बताउनु भयो ।

रक्तदानको महत्व विद्यार्थी मार्फत समाजमा छिटो पुग्नेपनि उहाँको भनाई थियो । कार्यक्रममा डिस्टिक ३२५ एमका सकेन्ड भाइस डिस्टिक गभर्नर चण्डीप्रसाद अर्याल, लायन्स क्लबका ब्लड डोनेसन गण्डकी चिफ मोहन सुवेदी ,अनेरास्ववियु पश्चिमाञ्चल क्याम्पसका अध्यक्ष भुवन डाँगी लगायतले बोल्नु भएको कार्यक्रमको संचालन अनेरास्ववियु सचिव सुदिक्षा लामिछानेले गर्नुभएको थियो ।

Facebook Comments