पहाडका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पहाडी क्षेत्रका थाेरै स्थानमा मेघ गर्जन सहित हल्का बर्षा हुने जनाएकाे छ । महाशाखाले मौसम पूर्वानुमान बुलेटिनमा माैसम सफा रहने र पहाडका केही थाेरै स्थानमा हल्का वर्षामात्र हुने जनाएकाे छ ।
महाशाखाले जारी गरेकाे माैसम बुलेटिन
मौसम विश्लेषण (Meteorological Analysis)
हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
हाल मौसमको अवस्था (Present Weather Status)
देशको पहाडी तथा हिमाली भू-भागहरूमा आँशिक देखि सामान्य बदली रही तराई भेगमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।
२०७९ फागुन ३० गते (मंगलबार)
दिउँसोː देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ। साथै तराईका एक-दुई स्थानमा समेत मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।
रातीː देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।
२०७९ चैत १ गते (बुधबार)
दिउँसोː देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। कोशी प्रदेश लगायत बाग्मती प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा अपराह्णतिर मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।
रातीː देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।
२०७९ चैत २ गते (बिहिबार)
दिउँसोː देशभर आंशिक देखी सामान्य बदली बदली रहने छ। देशको पहाडी भेगका केहि स्थानहरू तथा तराई भेगका थोरै स्थानहरुमा अपराह्णतिर मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातीː देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागहरूको थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श ( Warning / Advisory for next 24 hours):
देशका पहाडी भू-भागका थोरै तथा तराई भेगका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

