बूढानीलकण्ठमा गोली चल्याे, जेनजी आन्दोलनमा जेलबाट फरार एक जना प्रहरी नियन्त्रणमा

 प्रहरीले काठमाडौँको बूढानीलकण्ठमा प्रहरीले गोली चलाएकाे छ । चाेरी तथा लुटपाटमा संलग्न कर्मा तामाङलाई नियन्त्रणमा लिन प्रहरीले गाेली चलाएको छ ।

गए राति करिब २ बजेतिर गोली चलाएर तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे छ ।

चोरी तथा लुटपाटमा संलग्न भएको आरोपमा निजलाई नियन्त्रणमा लिइएको हाे । तामाङकाे खुट्टामा गोली लागेका र हाल ट्रमा सेन्टरमा उपचार भइरहेको पनि प्रहरीले जनाएकाे छ ।

तामाङ कैद भुक्तान गरिरहेका बेला जेनजी आन्दोलनमा फरार भएकाे पनि प्रहरीले उल्लेख गरेकाे छ । 

Facebook Comments