कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बस्दै
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक बस्दैछ । लगत्तै संसदीय दलको बैठक पनि बस्न लागेकाे छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बस्ने केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलकाे बैठकमा सरकारमा जाने बिषयमा छलफल हुने बताइएकाे छ ।
कांग्रेसमा केन्द्रीय समिति बैठक बोलाउन सम्भव नभएमा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पनि महत्वपूर्ण निर्णय हुने गरेका छन् ।
कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने र सरकारमा जाने निर्णय गर्ने तयारी गरेको छ। प्रधानमन्त्रीले चैत्त ६ गते विश्वासकाे मत लिने तयारी छ । यसअघि गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमै बसेको थियो।
Facebook Comments

