अन्नपुुर्ण वाल तथा महिला अस्पतालको निशुुल्क स्वास्थ्य शिविर

अन्नपुुर्ण वाल तथा महिला अस्पतालको निशुुल्क स्वास्थ्य शिविरमा एक सय भन्दा बढिले सेवा लिएका छन् ।

पोखरा महानगरपालिका वडां १० स्थित अन्नपुर्ण वालतथा महिला अस्पतालको निशुल्क स्वास्थ्य शिविरमा १ सय २० जनाकाे स्वास्थ्य जाँच गरिएकाे हाे ।

अस्पतालले सामाजिक उत्तरदायित्व अन्तरगत हरेक १५–१५ दिनमा शिविरको आयोजना गर्दे आएको अस्पतालका डाइरेक्टर सन्तोष पाण्डेले जानकारी दिनुभयाे ।

आर्थिक अवस्था कमजोर र पिछडीएको वर्गलाई अस्पतालले शिविर वाहेक अन्य समयमा पनि विशेष छुटका साथ सेवा दिदै आएको बताइएको छ । २४सै घण्टा सेवा दिदै आएको बालअस्पताल अहिले पोखराको राम्रो अस्पताल अन्तरगत पर्ने पाण्डेको भनाई रहेको छ ।

Facebook Comments