राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका भारत लगिदैं

राष्ट्रपति रामचन्द्र पौडेलकाे स्वास्थ्य अवस्था विग्रिएपछि उपचारका लागि भारतको नयाँदिल्ली लगिँदै छ । मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएकाेमा चिकित्सक र परिवारकाे समेत सल्लाहमा राष्ट्रपति पौडेललाई दिल्ली लैजान लागिएकाे हाे ।

श्री एयरलाइन्स मार्फत् नयाँदिल्ली लैजानै तयारी भइरहेकाे साे एयरलाइन्सका महाप्रबन्धक अनिल मानन्धरले जानकारी दिनुभयाे । चिकित्सकका अनुसार राष्ट्रपति पौडेलको पेटमा इन्फेक्सन देखिएको छ । साेही इन्फेक्सन नघटेकाले उहाँलाई भारतको एम्स अस्पतालमा उपचार गराउन लैजान लागिएको हो ।

यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । त्यसको फलोअपका लागि उनी सोमबार पुनः अस्पताल पुगेका थिए । त्यहाँ उनको पेटको तल्लो भागबाट पानी निकालेर परीक्षणका लागि पठाइएको थियो । साे परीक्षणकाे रिपाेर्ट भने अाउन बाँकी छ ।

Facebook Comments