ढाकाकुमार श्रेष्ठ सांसद पदबाट मुक्त
रष्ट्रिय स्वतन्त्र पार्टीले गरेको निष्कासन गरेका सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद गएकाे छ ।
सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठकमा मंगलबार कारवाहीको सूचना दिएपछि श्नेष्ठकाे सांसद पद गएकाे हाे ।
कुनैपनि दलबाट निर्वाचित सदस्यलाई उक्त पार्टीले निष्कासन गरेपछि सांसदको पद रिक्त हुने व्यवस्था राजनीतिक दल सम्बन्धी ऐनको दफा ३४ मा उल्लेख छ।
यसरी दलले गरेको कारवाहीको सूचना सभामुखले प्रतिनिधि सभा बैठकमा सुनाउनुपर्नेछ। संसद बैठक नचलेको अवस्थामा सभामुखले यस्तो सूचना टाँस गर्नुपर्ने व्यवस्था उक्त ऐनमा छ।
वैशाख ३ गते राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद श्रेष्ठलाई निष्कासन गरेको पत्र संसद सचिवालयलाई दिएको थियो।
तर संसद सचिवालयले थप कागजात मागेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख ८ गते ढाकाकुमार श्रेष्ठलाई सोधिएको स्पष्टीकरण, सांसद श्रेष्ठले दिएको स्पष्टीकरणको प्रतिलिपी, पार्टीको केन्द्री समितिको निर्णयको विवरण संसद सचिवालयमा बुझाएको थियो।
रास्वपाले अव श्रेष्ठकाे ठाउँमा समानुपातिक सूचीकाे वर्णाक्रम अनुसार सांसद सिफारिश गर्न सक्ने छ ।

