असार १५ः राष्ट्रिय धान दिवस मनाइँदै

आज असार १५ देशैभर राष्ट्रिय धान दिवस मनाइँदै छ। नेपालमा विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।

कृषिप्रधान देश भएकाले नेपालका अधिकांश नागरिक खेतीपातीमा संलग्न छन् । कृषि अन्तर्गत प्रमुख खाद्यान्न बालीमा धान पर्दछ । दिवस घाेषणा हुनु अगाडि पनि मुलुकका विभिन्न स्थानमा सांस्कृतिक पर्वकै रूपमा असार १५ मनाउने प्रचलन थियाे । आजकाे दिन खेतमा काम गरी दही चिउरा खाने प्रचलन छ । कतिपय स्थानमा भने बाजागाजा सहित मनाेरन्जनका साथ असारे गीत गाउँदै १५ असार मनाउने गरिन्छ ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । कहिपय स्थानमा हिले महाेत्सव, राेपाइँ महाेत्सवका रूपमा असार १५ मनाउने गरिएकाे छ ।

युवा युवतीहरू खेतकाे कामका साथै हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन लिने गर्दछन् ।

Facebook Comments