मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध
सडकमा पहिराे खसेपछि मुग्लिन-नारायणगढ सडकखण्डमा सवारी आवागमन अवरुद्ध भएकाे छ । अविरल वर्षासँगै आएको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको हाे ।
इच्छाकामना गाउँपालिका-६ कालीखोला लगायत झण्डै आधा दर्जन बढी ठाउँमा सडक अवरूद्ध हुने गरी पहिरो खसेको छ ।
पहिरोले बिहानै साढे पाँच बजेदेखि सडक अवरुद्ध भएकोमा अहिले स्काभेटर लगायतकाे सहायताले पहिरो पन्छाउने कार्य भइरहेको छ ।
पहिरो पन्छाउन करिब तीन घण्टा समय लाग्ने अनुमान सडक डिभिजन कार्यालय भरतपुरले गरेकाे छ । त्यस्तै पहिराेका कारण सिदार्थ राजमार्ग पनि अवरूद्ध बनेकाे छ ।
Facebook Comments

